लुम्बिनीमा एफएम र केबल टेलिभिजन दर्ता नवीकरण हुने
nepalpress.com · Mon Aug 24 10:54:02 GMT 2026

रूपन्देही । लुम्बिनी प्रदेशमा सञ्चालनमा रहेका एफएम रेडियो र केबल टेलिभिजनका सक्कल फाइल प्रदेश सरकारमा हस्तान्तरण भएको छ । नेपाल सरकारको सूचना तथा प्रसारण विभागले लुम्बिनी प्रदेश सरकारको मागअनुसार १०० वाटभन्दा माथि १ हजार वाटसम्मका एफएम रेडियो तथा केबलमा आधारित टेलिभिजन प्रसारण इजाजतपत्र प्राप्त संस्थाहरूका सक्कल फाइल प्रदेश सरकारलाई उपलब्ध गराएको हो ।
सूचना तथा प्रसारण विभागले भदौ ५ गतेको निर्णयअनुसार एफएम रेडियो ६५ वटा र केबल टेलिभिजन १८ वटाको सक्कल फाइल लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयमा पठाएको हो । ती फाइल मन्त्रालयमा भदौ ८ गते दर्ता भएको आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयका सचिव भरतमणि पाण्डेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)