जस्मिन पेन्ट्सको चाडपर्व योजना : ग्राहकहरूले पाउनेछन् लण्डन घुम्ने अवसर
nepallive.com · Mon Aug 24 11:24:04 GMT 2026

काठमाडौं– जस्मिन पेन्ट्स लिमिटेडले नेपालीहरूको चाडपर्वलाई लक्षित गर्दै उपभोक्ता प्रवर्द्धन योजना सार्वजनिक गरेको छ। ‘चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग!’ अभियानअन्तर्गत उपभोक्ताले विभिन्न आकर्षक उपहारसँगै लक्की ड्रमार्फत लण्डन भ्रमण जित्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ। योजनामा सहभागी हुन जस्मिन पेन्ट्सका आधिकारिक डिलर वा विक्रेताबाट न्यूनतम ७५ हजार रुपैयाँ बराबरका उत्पादन खरिद गर्नुपर्नेछ। प्रत्येक ७५ हजार रुपैयाँको खरिदमा एउटा लक्की ड्र कुपन उपलब्ध गराइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)