बालिका बलात्कारको कहालीलाग्दो घटना र व्यक्तिको मानसिक विकार (भिडियो)
ratopati.com · Mon Aug 24 11:25:00 GMT 2026

काठमाडौँ । भदौ ३ गते बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याको घटनाले पूरै देशलाई स्तब्ध पारेको छ । ती अवोध बालिकाको शव मुटु नै सिरिङ्ग पार्नेगरी रगताम्य अवस्थामा फेला परेको थियो ।
घटनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सिमरा, काठमाडौँ लगायत देशभरका सहरमा घटनाका दोषीमाथि कडा कारवाहीको माग गर्दै दिनहुँ प्रदर्शन भइरहेका छन् । यस क्रममा बालिका बलात्कार जस्तो जघन्य अपराधमा संलग्न दोषीलाई मृत्युदण्डको सजाय दिनेगरी कानुन बनाउनुपर्ने आवाज उठिरहेका छन् । सरकारले पीडित परिवारसँग तीनबुँदे सहमति गरेको छ । मृतक बालिका गरिमाका आमाबुवाले कानुनमन्त्री सोविता गौतमसँग छलफलका क्रममा आफ्नी अवोध छोरीमाथि त्यस्तो कुकृत्य गर्नेलाई मृत्युदण्डको सजाय दिन मिल्दैन भनेर जिज्ञासा समेत राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)