रिटको टुङ्गो नलाग्दै विश्वासको मत अघि बढाए कांग्रेसले प्रदेशसभा बहिष्कार गर्ने
ratopati.com · Mon Aug 24 11:27:19 GMT 2026

हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटको न्यायिक निरूपण नहुँदै विश्वासको मत लिने प्रक्रिया अघि बढाइए नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ। न्याय निरूपणको क्रममा रहेको अवस्थामा प्रदेशसभाको विषय अघि बढाएको खण्डमा बहिस्कार गर्ने कांग्रेसको निर्णय रहेको छ ।
उक्त विषयमा कांग्रेसले उपसभामुख अप्सरा चापागाईंलाई पत्र बुझाउने तयारी गरेको छ । मुख्यमन्त्री थापामगरको नियुक्तिविरुद्ध उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर दुई छुट्टाछुट्टै रिटमा सोमबार प्रारम्भिक सुनुवाइ गर्दै अदालतले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)