एनआईडी अपडेटको नाममा स्क्याम फैलिएपछि नबिल बैंक- ‘अनजान लिंकमा क्लिक नगर्नू, ओटीपी कसैलाई नदिनू’
techpana.com · Mon Aug 24 11:29:38 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी असोज मसान्तभित्र बैंक खातामा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र (एनआईडी) आबद्ध गर्न निर्देशन दिएसँगै डिजिटल ठगहरूले यसैलाई ठगीको मुख्य हतियार बनाएका छन् । पछिल्लो समय विभिन्न बैंकका ग्राहकहरूलाई लक्षित गरी २४ घण्टाभित्र मोबाइल बैंकिङ सेवा बन्द हुने त्रास फैलाउँदै फिशिङ लिंकहरू पठाउने क्रम बढेको पाइएको छ ।
यसैबिच नबिल बैंकले एक सूचना जारी गर्दै आफ्ना ग्राहकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बैंकले भनेको छ, “हाल नबिल बैंकको नाम र लोगोको दुरुपयोग गरी एसएमएस तथा नक्कली वेबसाइटमार्फत भ्रामक सन्देश र लिंकहरू फैलाइरहेको पाइएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)