कर्मचारी सञ्चय, नागरिक लगानी र सामाजिक सुरक्षा कोषलाई पनि अब राष्ट्र बैंकले नियमन गर्ने !
corporatenepal.com · Mon Aug 24 11:33:31 GMT 2026

काठमाडौं । अब विशेष ऐनद्वारा स्थापना भएका नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषलाई पनि नेपाल राष्ट्र बैंकले नियमन तथा सुपरिवेक्षण गर्ने भएको छ ।
हाल अर्थ समितिमा दफावार छलफलको क्रममा रहेको राष्ट्र बैंक ऐन शंसोधन गर्न विधेयकमा यो बिषय थप गरिएको हो । यी तीन वटै कोष आफ्नै ऐनद्वारा स्थापना भएका हुन् । यद्यपि, अब यी तीन वटै कोषलाई नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा राख्ने व्यवस्था गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)