कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तह पुगिन् मन्त्री रावल, लालपुर्जा वितरणसम्बन्धी स्थानीय तह र जिल्ला स्तरबाट हुनुपर्ने कार्यलाई प्राथमिकता दिन गरिन् आग्रह
barnanmedia.com · Mon Aug 24 11:31:01 GMT 2026

काठमाडौं। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सुदूरपश्चिम भ्रमणमा रहेकी छन्। मन्त्रालयसँग प्रत्यक्ष जोडिएका समस्या र जनगुनासो स्थानीयस्तरमै पुगेर सुन्ने तथा समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यसहित मन्त्री रावल कैलाली र कञ्चनपुरका विभिन्न पालिकामा पुगिरहेकी छन्।
भ्रमणका क्रममा मन्त्री रावलले स्थानीय तहका जनप्रतिनिधि तथा सम्बन्धित निकायसँग भूमिसम्बन्धी समस्या समाधानको अवस्थाबारे जानकारी लिँदै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने कामलाई तीव्रता दिन आग्रह गरेकी छन्। मन्त्री रावलले कैलालीको धनगढी उपमहानगरपालिका,कैलारी गाँउपालिका, भजनी नगरपालिका, टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका,वदगोरिया नगरपालिका, घोडाघोडी नगरपालिका,गौरीगंगा नगरपालिका लगायतका स्थायीय तहमा पुगेर नापजाँच तथा लालपुर्जा वितरणको काम तिव्र गतिमा अघि बढाउन जनप्रतिनिधि तथा सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)