थाइल्यान्डमा एकै रातमा ५१ ठाउँमा हिंसा
ratopati.com · Mon Aug 24 11:53:10 GMT 2026

थाइल्यान्ड । थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,आगजनी र तोडफोड भएपछि प्रधानमन्त्री अनुतिन चार्नविराकुलले आइतबार उच्चस्तरीय सुरक्षा अधिकारीसँग आकस्मिक बैठक बाेलाएका छन् । उत्तरमा बाढीको सङ्कटबिच दक्षिणमा सुरक्षा अवस्था बिग्रिएपछि उनले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका हुन् ।
नाराथिवाट, पट्टानी र यालामा भएका घटनामा तीन जना सर्वसाधारण घाइते भएका छन् । अधिकांश घटनामा साना बम विस्फोट, आगजनी तथा सम्पत्तिमा क्षति पुर्याइएको थियो । पट्टानीस्थित ७–इलेभेन पसलमा भएको आगजनी र नाराथिवाटमा रेलमार्गमा गरिएको बम विस्फोट प्रमुख घटनामा परेका छन् । रेलमार्गमा क्षति पुगेपछि स्थानीय तथा लामो दूरीका रेल सेवा प्रभावित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)