३ वर्षीय बालिका बलात्कार-हत्या आरोपी किशोरको भिडिओ सामाजिक सञ्जालबाट हटाउन लगाउँदै साइबर ब्युरो
techpana.com · Mon Aug 24 11:49:25 GMT 2026

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धानका क्रममा रहेका नाबालक अभियुक्तको बयानको भिडिओ सामाजिक सञ्जालबाट डाउन गर्न थालेको छ । ब्युरोले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्म र सम्बन्धित प्रयोगकर्ता तथा पेजहरूसँग आवश्यक सम्पर्क-समन्वय गरी भिडिओ हटाउन थालेको हो ।
बाराकी ३ वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहेका १६ वर्षीय बालकसँग बयान लिंदै गरेको भिडिओ सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको छ । भिडिओमा प्रहरी नियन्त्रणमा रहेका आरोपीले अपराध स्वीकार गर्दै बयान दिइरहेको देखिन्छ भने केही प्रहरीले त्यसको दृश्य खिचिरहेका छन् । फौजदारी अनुसन्धानको मर्यादा र गोपनीयता विपरीत यसरी भिडिओ बाहिरिएपछि प्रहरी प्रशासनको कार्यशैलीमाथि चौतर्फी प्रश्न उठिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)