लहानमा सार्वजनिक जग्गामा बनेका घर–टहरामा चल्यो डोजर
baahrakhari.com · Mon Aug 24 11:50:45 GMT 2026

सिरहा । लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ । पटकपटक सूचना जारी गर्दा पनि अटेर गरेको भन्दै लहान नगरपालिकाले सातवटा संरचना डोजर लगाएर भत्काएको हो ।
लहान नगरपालिकाले आइतबार डोजर चलाएपछि स्थानीय भने असन्तुष्ट छन् । सयौँ संरचना रहेको ठाउँमा आफूनिकटलाई संरक्षण गरेर सातवटामा मात्र डोजर चलाएको भन्दै स्थानीयले नगर प्रमुखमाथि पक्षपातको आरोप लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)