नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरूद्ध भ्रष्टाचार मुद्दा दायर
ratopati.com · Mon Aug 24 12:06:12 GMT 2026

काठमाडौँ। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित श्री भगवती प्राथमिक विद्यालय (आधारभूत विद्यालय), पर्सेरावलकी बालविकास सहजकर्ता मञ्जु देवी बोहराविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता सुरेश न्याैपानेका अनुसार बोहराले उत्तर प्रदेश, माध्यमिक शिक्षा परिषद् भारतबाट सन् २०१० मा हाईस्कुल परीक्षा उत्तीर्ण गरेको देखाउने मार्कसिट, प्रमाणपत्र तथा प्रव्रजन प्रमाणपत्रलगायतका नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)