बाफिया संशोधन तयारी: नसियत पाएका व्यक्तिलाई पनि बैंकको सञ्चालक बन्न बाटो खोल्ने तयारी
kendrabindu.com · Mon Aug 24 12:11:49 GMT 2026

काठमाडाैं । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा संशोधन गरी सचेत गराइएका वा नसियत पाएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न योग्य ठहर्याउने गरी कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
अर्थ समितिको सोमबार बसेको बैठकमा बोल्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाफियाको दफा १८ को उपदफा (१) को खण्ड ‘ड’ मा रहेको विद्यमान व्यवस्थालाई परिमार्जन गर्न लागिएको जानकारी दिए । उनले हाल नियमनकारी निकायले कानुनविपरीत कार्य गरेको भनी कारबाही गरेको वा त्यस्तो कारबाही भएको ५ वर्ष अवधि व्यतीत नभएको व्यक्ति सञ्चालक बन्न नपाउने कडा प्रावधान रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)