हर्मुज खुलाउनेबारे इरान र ओमानबीच छलफलको तयारी
kendrabindu.com · Mon Aug 24 12:18:05 GMT 2026

इरान। हर्मुजको जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने उपायबारे छलफल गर्न ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले मङ्गलबार इरान भ्रमण गर्ने भएका छन् । उनले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग जलमार्गको सुरक्षा तथा द्विपक्षीय र क्षेत्रीय विषयमा छलफल गर्ने छन् ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भ्रमणले हर्मुजका दुई तटीय राष्ट्रबीच जारी राजनीतिक परामर्शलाई अघि बढाउने बताएका छन् । उनका अनुसार क्षेत्रीय शान्ति तथा सुरक्षा सुदृढ गर्नु र इरान–ओमान सहयोग विस्तार गर्नु भ्रमणको प्रमुख उद्देश्य हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)