बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा सुरु
annapurnapost.com · Mon Aug 24 12:13:39 GMT 2026

बाजुरा : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवंम धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको बाजुरा जिल्लाको बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवा सञ्चालनमा आएको छ। समुद्री सतहबाट ४ हजार २०० मिटरको उचाइमा रहेको बडीमालिका क्षेत्रमा टेलिकमले फोरजी विस्तार गरेसँगै इन्टरनेट सेवा सञ्चालनमा आएको हो।
निकै विकट र भौगोलिक रूपमा चुनौतीपूर्ण बडीमालिका क्षेत्रमा सेवा सञ्चालनका लागि प्राविधिक टोलीसहित नेपाली सेनाको हेलिकप्टरमार्फत उपकरण तथा जडान सामग्री ढुवानी गरिएको थियो। सोमबारबाट उक्त क्षेत्रमा टुजी तथा फोरजी मोबाइल सेवा औपचारिक रूपमा सञ्चालनमा आएको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)