च्याटजीपीटीले ल्याउँदैछ ‘च्याट लक’ फिचरः पिन वा फिंगरप्रिन्टले सुरक्षित हुनेछन् तपाईंका निजी कुराकानी
clickmandu.com · Mon Aug 24 12:37:15 GMT 2026

एजेन्सी । ओपनएआईले च्याटजीपीटी प्रयोगकर्ताहरूलाई आफ्ना निजी च्याटहरू लकभित्र लुकाउन अनुमति दिन सक्ने फिचरमा काम गरिरहेको छ । यो लक फिचरले पिन कोड वा फिंगरप्रिन्ट स्क्यान प्रमाणीकरण ल्याउन सक्छ जसले प्रयोगकर्ताहरूका लागि गोपनीयताको तह थप्नेछ ।
एन्ड्रोइड अथोरिटीको एक रिपोर्ट अनुसार, च्याट लक फिचरका लागि च्याटजीपीटीको पछिल्लो एन्ड्रोइड एपमा एउटा निष्क्रिय कोड फेला परेको थियो । उक्त कोडमा लक्ड च्याट्स र प्रोटेक्ट च्याट्स जस्ता वाक्यांशहरू समावेश छन् । ओपनएआईले च्याट–लकिङ फिचरको परीक्षण गरिरहेको संकेत त्यसले गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)