‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोड्नुपर्ने सांसदहरूको जोड
hamrakura.com · Mon Aug 24 00:00:00 GMT 2026

काठमाडौँ । संघीय संसद्को राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको आर्थिक समृद्धिमा जोड्नुपर्नेमा जोड दिइएको छ। विषय विज्ञ धनप्रसाद लामिछानेसँग भएको छलफलका क्रममा सांसदहरूले विद्यमान कानुनी जटिलता फुकाउँदै खर्कको बहुउपयोग गर्नुपर्ने बताएका हुन्।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सोमनाथ पोर्तेलले खर्कलाई केवल पशुपालनमा मात्र सीमित नराखी जडीबुटी र पर्यटनसँग एकीकृत रूपमा जोड्नुपर्ने आवश्यकता औँल्याउँदै ‘खर्क ऐन २०६८’ मा सुधारको खाँचो औँल्याए। विगतमा जिल्ला विकास समिति र तदर्थ व्यवस्थापन समिति अधिकारसम्पन्न नभएकाले नीतिको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउँदै उनले यसलाई राष्ट्रियकरण गरिएका खर्कहरूसँग जोडेर अगाडि बढाउनुपर्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)