भाेटेकाेशी बाढी: भत्किए ७५७० घर
nagariknews.nagariknetwork.com · Wed Sep 02 04:28:55 GMT 2026

भोटेकोसी–त्रिशूली बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका १५ स्थानीय तहमा सात हजार ५७० सरकारी, सार्वजनिक तथा निजी भवन भत्किएका छन्। ती भवनहरूको पुनर्निर्माण गर्न कम्तीमा १० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ।
बाढीले पुर्याएको क्षतिबारे विस्तृत अध्ययन गरी विवरण संकलन गर्न राष्ट्रिय आयोजना आयोगका सहसचिव अर्जुन भण्डारीको संयोजकत्वमा क्षति मूल्यांकन समिति गठन गरिएको थियो। उक्त समितिले मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा उक्त विवरण प्रस्तुत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)