वैदेशिक रोजगारीमा लाखौं ठगी गर्ने तीन जना पक्राउ
gorkhapatraonline.com · Mon Aug 24 13:01:08 GMT 2026

वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौँका सुचना अधिकारी रामेश्वर कार्कीका अनुसार चेक रिपब्लिक पठाउने भनी पाँच लाख ३५ हजार रुपियाँ ठगी गर्ने सुष्मा भण्डारी, लिथुनिआनिया पठाउने भनी दुई लाख ५० हजार रुपियाँ ठगी गर्ने करिना देवकोटा र फिनल्याण्ड पठाउने भनी १२ लाख रुपियाँ ठगी गर्ने साजन खनाल पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)