टप एण्ड टी–२० शृङ्खलामा नेपाल ‘ए’को पहिलो जित
ratopati.com · Mon Aug 24 13:07:17 GMT 2026
काठमाडौँ। अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत नेपाल ‘ए’ले पहिलो जित निकालेको छ । आफ्नो तेस्रो खेलमा साेमबार नेपाल ‘ए’ले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले हराएको हो ।
नेपाल ‘ए’ले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको होबार्ट १८ ओभर ३ बलमा १ सय १५ रनमा अलआउट भयो । होबार्टका नितेश शमूएलले सबैभन्दा धेरै ३२ बलमा ३७ रन, टिम वार्डले १८ बलमा २३ रन र कप्तान निवेथान राधाकृष्णनले २१ बलमा २० रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)