नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
canadanepal.com · Mon Aug 24 13:06:08 GMT 2026

काठमाडौं - नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता पदमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराकी मन्जु देवी बोहराविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार बोहराले डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित भगवती प्राथमिक विद्यालय, पर्सेरावलमा बालविकास सहजकर्ताका रूपमा नियुक्ति लिने क्रममा भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्बाट सन् २०१० मा हाईस्कुल परीक्षा उत्तीर्ण गरेको देखाउने नक्कली लब्धांकपत्र तथा प्रमाणपत्र पेस गरेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)