अमेरिकी साङ्गीतिक दूत जेसिका लीन काठमाडौंमा
nepalnews.com · Mon Aug 24 12:17:15 GMT 2026

काठमाडौँ। नेपालस्थित अमेरिकी दूतावासको आमन्त्रणमा ‘कन्ट्री’ विधाकी प्रख्यात अमेरिकी गायिका तथा गीतकार जेसिका लीन नेपाली सङ्गीतकर्मी तथा सङ्गीत उद्योगका पेसाकर्मीहरूसँग भदौ ८ देखि १३ गतेसम्म चल्ने सप्ताहव्यापी व्यावसायिक आदानप्रदान, मार्गदर्शन तथा सहकार्यका लागि काठमाडौँ आइपुगेकी छन्। यो कार्यक्रम अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला ब्युरोद्वारा प्रायोजित ‘आर्ट्स एन्ड म्युजिक अन्भोइ’ कार्यक्रमको एक हिस्सा हो।
गीत लेखन, साङ्गीतिक व्यवसाय, डिजिटल प्लेटफर्म, प्रतिलिपि अधिकार र बृहत्तर सङ्गीत उद्योगमा केन्द्रित अन्तरक्रियात्मक सत्रहरूमार्फत लीन यस हप्ताभरि नेपाली गायक–गायिका, सङ्गीतकार, गीतकार, निर्माता, कलाकार व्यवस्थापक र अन्य साङ्गीतिक पेसाकर्मीहरूसँग संलग्न हुने जनाइएको छ। नेपाली कलाकार तथा पेसाकर्मीहरूले बजार, श्रोता–दर्शक र अमेरिकी सङ्गीत उद्योगका समकक्षीहरूसँग सहकार्यका अवसरहरूबारे नयाँ दृष्टिकोण हासिल गर्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)