प्रभु बैंकको ४८ करोड ऋण दुरूपयोग प्रकरणः सीईओ र सीबीओको आदेश र दबाबमा नियम मिचेर ऋण दिएँ
clickmandu.com · Mon Aug 24 13:15:56 GMT 2026

काठमाडौं । रुपन्देहीको एशियन भिलेज रिसोर्ट नाम गरेको एक कम्पनीले पाँचतारे होटल बनाउँछु भनेर प्रभु बैंकसँग ४८ करोड रुपैयाँ ऋण माग्यो । उनीहरूको प्रस्ताव थियो, ‘बैंकबाट लिएको ऋणले जग्गा किन्छौं र होटल बनाउँछौं ।’
बैंकिङ अभ्यास र नियामकीय प्रबन्धअनुसार यति ठूलो ऋण दिँदा पहिले जग्गा बैंकको नाममा ‘दृष्टिबन्धक’ (धितो) पास गर्नुपर्छ, अनि मात्र पैसा दिनुपर्छ । शशिधर शर्माको यो कम्पनीले भन्यो, ‘हामीसँग जग्गा किन्न पैसा छैन, पहिले पैसा दिनुस् अनि जग्गा किनेर धितो पास गरिदिउँला।’
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)