सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार
khabarhub.com · Mon Aug 24 13:30:25 GMT 2026

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग नियन्त्रण गरी अर्थतन्त्रमा हुने अर्बौँको क्षति रोक्न सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मस्यौदा तयार गरिएको बताएकी छन् ।
राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिको आजको बैठकमा उक्त विधेयक सैद्धान्तिक छलफलका लागि पेस गर्दै मन्त्री चौधरीले रोगले अर्थतन्त्रमा पार्ने नकारात्मक असरलाई कम गर्न विधेयक ल्याउनुपरेको बताइन् । ‘बर्ड फ्लु’, ‘लम्पी स्किन’ जस्ता रोगले पशु निर्यातमा पनि समस्या भएकाले यो कानुन बनेपछि समाधान हुने उनले विश्वास व्यक्त गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)