पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल
ratopati.com · Fri Jul 10 08:49:14 GMT 2026

भक्तपुर । पाठ्यक्रम विकास केन्द्र (सीडीसी) ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ‘पाठ्यक्रम तथा यसको प्रभावकारी कार्यान्वयन सम्बन्धी अनुभव आदानप्रदान कार्यशाला’ सम्पन्न गरेको छ । पाठ्यक्रम प्रारूप परिवर्तन कार्यलाई तीव्रता दिएको केन्द्रले आज विज्ञ एवं सरोकारवालासँग छलफल गरेको हो ।
कार्यशालामा राष्ट्रिय पाठ्यक्रम प्रारूप (एनसी) पुनरावलोकन कार्यदलका सदस्य, शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा समीक्षा कार्यालय, पाठ्यक्रम विकास केन्द्रका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक तथा उत्कृष्ट अभ्यास प्रस्तुत गर्ने शिक्षकसहित करिब ५० जनाको सहभागिता रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)