स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० घाइते
onlinekhabar.com · Mon Aug 24 13:44:46 GMT 2026

८ भदौ, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।
गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप साँझ करिब पौने ६ बजे उकालोमा नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)