संसदीय मर्यादा उल्लङ्घन भएको ठहर, सभामुखलाई विशेषाधिकार प्रयोग गर्न सुझाव
rajdhanidaily.com · Fri Jul 10 09:01:59 GMT 2026

काठमाडौं । प्रतिनिधि सभाको जेठ १७ गतेको घटना’bout गठित जाँचबुझ समितिले संसदीय मर्यादा उल्लङ्घन भएको निष्कर्ष निकाल्दै सभामुखलाई नियमावलीअनुसार प्राप्त विशेषाधिकार तत्काल प्रयोग गर्न सुझाव दिएको छ।
प्रतिवेदनमा विपक्षी सांसदहरूबाट वेल घेराउ, नाराबाजी, मर्यादापालकसँग धकेलाधकेल तथा संसदभित्र भौतिक क्षति पुगेको उल्लेख गरिएको छ। समितिले नियमावली कार्यान्वयनमा कमजोरी, संयमताको अभाव र व्यवस्थापकीय चुनौती देखिएको निष्कर्ष पनि निकालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)