सुरुङ्गा नगरपालिकाले पाँच लाख भन्दा बढी सहयोग गर्ने
gorkhapatraonline.com · Wed Sep 02 05:06:04 GMT 2026

रसुवामा आएको बाढीका कारण हराइरहेका नागरिकको खोजी, उद्धार तथा राहतका लागि सुरुङ्गा नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख ५१ हजार सहयोग गर्ने भएको छ। नगरप्रमुख गीता चौधरीको नेतृत्वमा मगलबार बसेको कार्यपालिका बैठकले बाढीपहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, लगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। नगरपालिकाले बाढीबाट घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनस्र्थापनाको कामना गर्दै विपद्को कठिन अवस्थामा प्रभावित परिवारको साथमा रहने प्रतिबद्धता जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)