स्याङजाको गल्याङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १० घाइते
annapurnapost.com · Mon Aug 24 13:50:43 GMT 2026

स्याङजा : गल्याङ नगरपालिकामा सोमबार साँझ जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। भने चालकसहित १० जना घाइते भएका छन्। मृत्यु हुनेको पहिचान खुल्न नसकेको बताइएको छ।
गल्याङ नगरपालिका–८ देखि वडा नं.९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बलेरो जिप भित्री सडक खण्डको उकालो घुम्तीमा नियन्त्रण गुमाएर दुर्घटना हुँदा २ जना घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य १० जना घाईते भएको प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)