हुलाकको महत्त्व बुझाउँन गाउँगाउँमा अभियान
canadanepal.com · Fri Jul 10 09:17:34 GMT 2026

गोरखा - कुनै समय हुलाक भन्नासाथ चिठीपत्र ओसारपसार गर्ने माध्यमका रूपमा मात्र बुझिन्थ्यो । तर पछिल्लो समय हुलाक सेवाले आफ्नो स्वरूप परिवर्तन गर्दै पार्सल सेवा, रेडियो सेवा, अनलाइन नवीकरण सेवा तथा राहदानीलगायत महत्त्वपूर्ण कागजात घरघरमा पुर्याउने काम सुरु गरेपछि यसको महत्त्व पुनः बढ्न थालेको छ ।
फोन, इन्टरनेट र सामाजिक सञ्जालको विस्तारसँगै हुलाक सेवाको भूमिका ओझेलमा परेको थियो । धेरैले हुलाक कार्यालयको आवश्यकता नै घट्दै गएको र अब बन्द हुने अवस्था आउने अनुमानसमेत गरेका थिए । तर, सेवाको विविधीकरण र प्रविधिमैत्री सुधारसँगै नागरिकको धारणा परिवर्तन हुन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)