सबैको साझा प्रयासबाट मात्र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ : राष्ट्रपति पौडेल
annapurnapost.com · Mon Aug 24 14:06:59 GMT 2026

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सबैको साझा प्रयासबाट मात्र न्यायपूर्ण, सक्षम, उत्तरदायी र समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन्। सोमबार नेपाल जनप्रशासन संघद्वारा आयोजित 'हेमबहादुर मल्ल सम्मान वितरण' कार्यक्रममा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै लैजानु पर्नेमा राष्ट्रपति पौडेलले जोड दिए।
नागरिकको अपेक्षा अनुरूप देश विकासको चाहनालाई मूर्तरूप दिनु सबैको साझा दायित्व भएको उनले उल्लेख गरे। राष्ट्रपति पौडेलले मुलुकको बदलिँदो परिवेशमा जनताको विकासको चाहनालाई सुशासनका माध्यमबाट पूरा गर्नुपर्ने बताए। सूचना प्रविधिको विकाससँगै विस्तार भएको विश्वव्यापीकरण र आधुनिकीकरणको वर्तमान समयमा राज्यको सफलता र विकासको मापन केवल आर्थिक विकासको सूचकबाट मात्र हेर्न नहुने उनको भनाई छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)