सर्वोच्चले सरकारलाई भन्यो– किसानहरूलाई दूधको मूल्य तत्काल भुक्तानी गर्नू
baahrakhari.com · Mon Aug 24 14:05:37 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले दुग्ध उत्पादक किसानहरूले दूधको मूल्य नपाएको विषयलाई ‘गम्भीर संवैधानिक उल्लंघन’ ठहर गरेको छ । सर्वोच्चले दूधको बाँकी रकम किसानलाई तत्काल भुक्तानी गर्न सरकारलाई परमादेश समेत दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड, दुग्ध विकास संस्थान, डेरी उद्योग लगायतका नाममा परमादेश जारी गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)