स्याङ्जामा जिप दुर्घटना: दुईको मृत्यु, १० जना घाइते
kendrabindu.com · Mon Aug 24 14:14:59 GMT 2026

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार सोमबार साँझ गल्याङबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको जिप करादीस्थित उकालो सडकमा दुर्घटनामा परेको हो । साँझ करिब पौने ६ बजे उकालो चढ्ने क्रममा जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)