फेसबुकमार्फत पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको घर जलाउने धम्की दिनेमाथि कारबाही माग
techpana.com · Mon Aug 24 14:12:58 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सामाजिक सञ्जालमार्फत घर जलाउने धम्की दिने एक प्रयोगकर्तामाथि कानुनी कारबाही गर्न माग गरिएको छ । शनिबार ‘लबकुश थापा’ नामका फेसबुक प्रयोगकर्ताले पूर्वप्रधानमन्त्री भट्टराईको घर जलाउने धम्की दिएपछि भट्टराईको सचिवालयले कारबाहीको माग गरेको हो ।
थापाले आफ्नो फेसबुक पोस्टमा 'आज रात बाबुराम भट्टराईको घर जलाउने हो साथीहरू जे पर्ला पर्ला, अति भो सालेको हाम्रो आस्था माथिको प्रहार' भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए । उक्त पोस्टको स्क्रिनशट शेयर गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले यस्ता अपराधीहरूलाई राज्यले समयमै नियन्त्रणमा लिएर कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)