रुसी हवाई आक्रमण तीव्र, युक्रेनलाई हवाई रक्षा जुटाउन युरोपेली समर्थक एकजुट
barnanmedia.com · Mon Aug 24 14:17:54 GMT 2026

रुसी हवाई आक्रमण तीव्र बन्दै गएपछि युक्रेनलाई थप हवाई रक्षा प्रणाली र क्षेप्यास्त्र उपलब्ध गराउने विषयमा प्रमुख युरोपेली समर्थक राष्ट्रहरू किएभमा भेला भएका छन् ।
बेलायत, फ्रान्स र जर्मनीका नेताहरूले ‘कोएलिसन अफ द विलिङ’ को बैठकमार्फत युक्रेनलाई सैन्य सहयोग बढाउने तथा रुसमाथि दबाब कायम राख्ने प्रयास गर्न लागेका हुन् । बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले पदभार सम्हाले पछिको पहिलो अन्तर्राष्ट्रिय भ्रमणका क्रममा किएभ पुगेर बैठकको सहअध्यक्षता गर्नेछन् । युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टासहित अन्य नेताहरू पनि प्रत्यक्ष वा भर्चुअल रूपमा सहभागी हुने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)