गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत : खुश्वु ओली
annapurnapost.com · Fri Jul 10 09:56:08 GMT 2026

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्वु ओलीले आत्मदाहपछि भएको गणेश नेपालीको मृत्यु कुनै एक परिवारको मात्र पीडा नभई सरकारप्रति जनतामा बढ्दो निरासा, असुरक्षा र भरोसा अभावको भवावह संकेत भएको बताएकी छिन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद ओलीले सरकारले आशा बाँड्ने वाचा गरेको तर जनता निरासामा बाँच्न वाध्य भएको एउटा उदाहरण गणेश नेपालीको मृत्यु भएको बताएकी छिन् । उनले संघर्ष गर्दै पठाओ चलाएर जीवन धानिरहेको एक युवाले आफ्नै शरीरमा आगो लगाएर मृत्युवरणसम्म पुग्नु कुनै व्यक्तिगत असफलता नभएको बताइन् । उनले यो राज्य सरकारमाथिको संवेदनशिलता तथा जिम्मेवारीमाथिको गम्भीर प्रश्न भएको बताएकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)