प्रधानमन्त्री बालेनलाई उद्योग वाणिज्य महासंघले बुझाएको सुझावमा के छ ?
arthasansar.com

नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन शाहलाई मुलुकमा लगानी प्रर्वद्धन र आर्थिक विकासको लागि सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुर्पे सुझाव दिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार प्रधानमन्त्री शाहसँग भएको भेटवार्तामा अध्यक्ष श्रेष्ठले अर्थतन्त्रलाई पुनः गतिशील बनाउन संरक्षणवाद, अनौपचारिक अर्थतन्त्र र प्रशासनिक झन्झटको चक्र तोड्ने साहसिक निर्णय आवश्यक रहेकामा जोड दिए ।
उनले सरकारले अघि सारेको परिवर्तन, रूपान्तरण, पुस्तान्तरण र हस्तान्तरणको अवधारणालाई व्यवहारमा उतार्न निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न प्रधानमन्त्री समक्ष आग्रह गरे। उनले देशको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारी सिर्जनामा ८६ प्रतिशत योगदान पुर्याउने निजी क्षेत्र हाल गम्भीर चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै बजारमा न्यून माग, लगानीमा आएको सुस्ती तथा अत्यधिक नियामकीय दबाबका कारण व्यवसायीहरूको मनोबल कमजोर भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)