नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
ratopati.com · Fri Jul 10 10:08:54 GMT 2026

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन्। अहिले नेपालमा लगानीका लागि उपयुक्त समय भएको उनले बताए।
यूएईका विदेश व्यापार मन्त्री डा. थानी अहमद अल जेयौदी नेतृत्वको सरकारी तथा निजी क्षेत्रको उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा चन्द्रागिरिमा आयोजित रात्रिभोज कार्यक्रममा बोल्दै ढकालले नेपाल–यूएई सम्बन्धलाई अब श्रम र विप्रेषणमा मात्र सीमित राख्न नहुनेमा जोड दिए। उनले यस सम्बन्धलाई व्यापार, लगानी, नवप्रवर्तन, उद्यमशीलता तथा संयुक्त लगानीतर्फ केन्द्रित गर्नुपर्ने बताए। पाँच दशकको अवधिमा यूएईले व्यापार, लगानी, वित्त, पर्यटन, नवप्रवर्तन तथा प्रविधिका क्षेत्रमा हासिल गरेको उल्लेखनीय उपलब्धि दूरदर्शी नेतृत्व, खुला आर्थिक नीति तथा लगानीमैत्री वातावरणको परिणाम भएको उल्लेख गर्दै उनले त्यसबाट नेपालले धेरै कुरा सिक्न सक्ने धारणा राखे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)