डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
ratopati.com · Fri Jul 10 10:13:10 GMT 2026

ढाका । भारतमा निर्वासित जीवन बिताइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना ले आगामी डिसेम्बरमा स्वदेश फर्किएर अदालतमा आत्मसमर्पण गर्ने योजना सार्वजनिक गरेकी छिन्। मृत्युदण्डको सजाय सुनाइएकी हसिनाले आफ्नो पार्टी 'अवामी लिग'का वरिष्ठ नेताहरूसहित स्वेच्छाले बंगलादेश फर्किने बताएकी हुन्।
'रोयटर्स'सँगको करिब एक घण्टा लामो टेलिफोन अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले आफू फर्किएपछि पक्राउ पर्न सक्ने वा हत्या हुन सक्ने जोखिम रहेको स्वीकार गरेकी छिन्। तर, उनी आफ्नो निर्णयबाट पछि नहट्ने अडानमा छिन्। उनले भनिन्, ‘मलाई स्वदेश फर्किनेबित्तिकै पक्राउ गर्न सक्छन्, हत्या पनि गर्न सक्छन्। तैपनि म फर्किनैपर्छ। मेरा पार्टीका नेता र कार्यकर्तामाथि अत्यन्त दमन भइरहेको छ। यदि मेरो मृत्यु हुन्छ भने आफ्नै देशको भूमिमा होस्, जहाँ मेरा आमाबुबा समाधिस्थ छन् र जहाँ उनीहरूको रगत बगेको थियो।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)