मर्यादित महिनावारी प्रवर्द्धन कार्यक्रम प्राथमिकतामाः मन्त्री वादी
barnanmedia.com · Fri Jul 10 10:18:10 GMT 2026

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले महिला तथा किशोरीलाई महिनावारी भएका बखत गरिने विभेद र हिंसा न्यूनीकरणका लागि छाउपडी प्रथा उन्मूलन निर्देशिका, २०६४ कार्यान्वयनमा रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै उहाँले मन्त्रालयले मर्यादित महिनावारी प्रवर्द्धनसम्बन्धी कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशिकाको मस्यौदा तयार गरेको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)