बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिन सकेनन्
lokaantar.com

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सोमबार विश्वासको मत लिन सकेनन्। सत्ता गठबन्धनभित्रै विवाद चर्किएपछि प्रदेशसभा बैठक पटक–पटक स्थगित हुँदै मंगलबारका लागि सारिएको छ।
मुख्यमन्त्री थापा मगरले विश्वासको मत लिने कार्यसूचीसहित सोमबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको थियो। निर्धारित समयमा बैठक बस्न नसकेपछि साँझ ५ बजे र त्यसपछि राति ८ बजेका लागि सारिएको थियो। राति ८ बजे पनि बैठक बस्न नसकेपछि प्रदेशसभा सचिवालयले मंगलबार दिउँसो ४ बजे बैठक बस्ने गरी समय निर्धारण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)