प्रतिनिधिसभाः ‘नेपालीको घटनामा सरकार गम्भीर भई सत्यतथ्य छानबिन गर्नुपर्छ’
barnanmedia.com · Fri Jul 10 10:30:45 GMT 2026

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले गणेश नेपालीको आत्मदाह प्रयासपछि निधन भएको विषयमा सरकार गम्भीर भई सत्यतथ्य छानबिन गर्नुपर्ने माग गर्नुभएको छ ।
आजको बैठकमा समय लिएर सांसद महेन्द्रबहादुर शाहीले नेपालीले आत्मदाहको प्रयास गर्नुको कारण पत्ता लगाउन निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिँदै दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । दैलेखको शान्तिगडा दुर्घटनामा परी निधन भएकाको १८ दिनपछि शव प्राप्त भएको जनाउँदै उहाँले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)