चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
baahrakhari.com · Mon Aug 24 15:35:01 GMT 2026

सिन्धुपाल्चोक । पहिरोका कारण चालिस दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सडकको इको खण्ड सोमबारदेखि सञ्चालनमा आएको छ ।
भोटेकोसी गाउँपालिका–२ कोदारीस्थित इको क्षेत्रमा गत असार ३१ गते पहिरासँगै सडक भासिएपछि सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि आजदेखि सवारीसाधन गुड्न थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)