संसदको रोष्ट्रममा गला अवरुद्ध भएपछि गृहमन्त्री केही नबोली हिँडे, सोविताले फिर्ता ल्याइन्
nepalpress.com · Fri Jul 10 10:51:35 GMT 2026

काठमाडौं । संसदमा आफैँले बोल्न समय मागेका गृहमन्त्री सुधन गुरुङलाई सभामुख डीपी अर्यालले बोल्न समय दिए । तर, संसदको रोष्ट्रममा उक्लेलगत्तै भावुक बनेका उनले केही बोल्न सकेनन् र उनको गला अवरुद्ध भयो ।
हिजो त्रिपुरेश्वरमा आत्मदाह गरेका युवा गणेश नेपालीको घटनालाई लिएर गृहमन्त्री भावुक बनेका थिए । रोष्ट्रममा एक मिनेट जति उभिए पनि उनको मुखबाट कुनै शब्द निस्किएन । आँखामा आशु देखिन्थ्यो । त्यसपछि उनी सरासर रोष्ट्रमबाट झरेर हलबाट बाहिरिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)