नेपाल पर्यटन बोर्डद्वारा वेलनेस रील प्रतियोगिता २०२६ का विजेताहरू घोषणा
clickmandu.com · Fri Jul 10 10:53:24 GMT 2026

काठमाडौं । नेपाल पर्यटन बोर्डले वेलनेस रील प्रतियोगिता २०२६ का विजेताहरूको नाम औपचारिक रूपमा घोषणा गरेको छ। नेपालको विविध वेलनेस पर्यटनका आयामहरूलाई सिर्जनात्मक भिडियोमार्फत विश्वसामु प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा देशभरका सर्जकहरूबाट उत्साहजनक सहभागिता प्राप्त भएको छ।
प्रतियोगितामा कुल १११ जना प्रतिस्पर्धीहरूले योग, ध्यान, आयुर्वेद, आध्यात्मिक साधना, प्राकृतिक उपचार, वेलनेस रिसोर्ट तथा समग्र स्वस्थ जीवनशैलीसँग सम्बन्धित नेपालका विशिष्ट वेलनेस अनुभव समेटिएका मौलिक रील भिडियोहरू पेश गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)