विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सरोकारवालाबीच समझदारी
onlinekhabar.com · Fri Jul 10 11:05:06 GMT 2026

२६ असार, काठमाडौं । नेपालको पर्वतारोहण क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) र नेपाल पर्वतारोहण संघ (एनएमए) बीच विशेष पर्वतारोहण तालिम सञ्चालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारी अनुसार नेपालको पर्वतीय पर्यटन क्षेत्रमा आवश्यक दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्न अपि, मनास्लु र कञ्चनजंघा क्षेत्रमा तीन वटा विशेष पर्वतारोहण तालिम सञ्चालन गरिने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)