४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
nepalnews.com · Mon Aug 24 16:08:08 GMT 2026

सिन्धुपाल्चोक। पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने सडकको इको खण्ड आजदेखि सञ्चालनमा आएको छ।
भोटेकोशी गाउँपालिका २ कोदारीस्थित इको क्षेत्रमा गत असार ३१ गते पहिरासँगै सडक भासिएपछि सडक अवरुद्ध भएको थियो। सडक डिभिजन कार्यालयले नयाँ ट्याक खोलेपछि आजदेखि सवारीसाधन यो बाटोमा गुड्न थालेका हुन्। सडक खुलाउन छ वटा टिपर र १२ वटा ठूला मेसिन परिचालन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)