सीमानाकाबाट २८० नेपालीको उद्धार
baahrakhari.com · Fri May 15 17:35:00 UTC 2020
धनगढी । लामो समयसम्म भारतको क्वोरेन्टाइनमा बसेका २८० नेपालीलाई आज कैलालीको गौरीफन्टा सीमानाकाबाट उद्धार गरी स्वदेश भित्र्याइएको छ ।
भारत, लखिमपुरखिरी जिल्लाको पलिया बजारमा व्यवस्था गरिएका विभिन्न क्वारेन्टाइनमा बसेका नेपालीलाई भारतीय अधिकारीको पहलमा बसमाफर्त् नेपाल भारत सीमानाका गौरीफंन्टासम्म पुर्याइएको थियो । सीमासम्म पुर्याइपछि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहेको प्रहरी समेतको टोलीले नेपालीको उद्धार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)