नेपाली मृत्यु प्रकरण : थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन
rajdhanidaily.com · Fri Jul 10 12:00:17 GMT 2026

काठमाडौं । गणेश नेपाली मृत्यु प्रकरणमा छानबिन समिति गठन गरिएको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो।
समितिमा काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरू सामेल छन्। बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा नगर प्रहरीसँग विवाद भएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)