असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
ratopati.com · Fri Jul 10 11:59:40 GMT 2026

काठमाडौँ । परराष्ट्र मन्त्रालय र राहदानी विभागले नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी रूपमा राहदानी उपलब्ध गराउन नयाँ प्रणाली सुरु गर्ने भएका छन्। मन्त्रालयले २०८३ असार २९ गतेदेखि यो नयाँ प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो।
परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नयाँ प्रणालीको तयारी करिब पूरा भएको जानकारी दिए। प्रणाली परिवर्तनको सुरुवाती चरणमा केही समय सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि राहदानी सेवा नियमित र सुचारु रहने उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)