मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’
nepalnews.com · Mon Aug 24 16:51:36 GMT 2026

गोरखा । प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म पुग्ने वातावरण बनाउने उद्देश्यले मनकामना परिसरमा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन डिजिटल सूचना पाटी ९बोर्ड० स्थापना गरिएको छ।
गोरखा उद्योग वाणिज्य सङ्घले मनकामना मन्दिर क्षेत्रमा डिजिटल बोर्ड स्थापना गरेको हो । “मनकामना मन्दिर दर्शकका लागि दशौँ लाख भक्तजन, आन्तरिक तथा बाह्य पर्यटक आउँछन् । गोरखाको प्रचारप्रसार गरेमा पर्यटक गोरखाका पर्यटकीयस्थलसम्म पुग्ने र पर्यटन प्रवर्द्धन हुने भएकाले मन्दिर परिसरमा जानकारीमूलक सूचना पाटी राखिएको हो”, सङ्घका अध्यक्ष भगवानबाबु मास्केले भने, “तत्कालका लागि गोरखा नगरपालिकाद्वारा निर्मित श्रव्यदृश्य सामग्री राखिएको छ । अरु थप्दै जाने छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)